back
CTIZAN AD

आयोगको संरचना विस्तार गर्नुपर्ने –प्रमुख आयुक्त बासकोटा

वि.सं.२०७३ चैत २६ शनिवार

933 

shares

२६ चैत, खजुरा (बाँके)। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बासकोटाले नेपालको संविधान २०७२ अनुसार प्रादेशिक पुनःसंरचना अनुसार सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्ने आयोगको संरचना विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आज यहाँ आयोजित भेटघाट तथा छलफल कार्यक्रममा प्रमुख आयुक्त बासकोटाले केन्द्रमा मात्र नभइ प्रदेश, स्थानीय तह, गाउँपालिकामा सूचनाको हक कार्यान्वयन गर्ने संयन्त्र स्थापना भएमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्नमा थप मद्दत पुग्ने बताउनुभयो ।

उहाँले यी निकायमा संयन्त्रको स्थापना हुनुले सुशासन, भ्रष्टाचार नियन्त्रण हुनुका साथै विकास कार्यले गतिलिने विश्वास व्यक्त गर्दै सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगले निरन्तर प्रयास गर्दैआएको जानकारी गराउँदै जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीलाई कार्यान्वयन गर्न आदेशसमेत दिइसकिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी सूचना अभियन्ता, सञ्चारकर्मी, अधिकारकर्मी लगायतले जिल्लाका सूचनाको हक सम्बन्धि अभियान, समस्या, चुनौती र कार्यान्वयनको अवस्था तथा पहलका विषयमा आ–आफ्ना विचार राखेका थिए ।
केन्द्रका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आयुक्त बासकोटालाई दोसल्ला ओढाएर स्वागत सम्मान गरिएको थियो ।

वि.सं.२०७३ चैत २६ शनिवार १०:३६ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...