back
CTIZAN AD

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउन रवीन्द्र मिश्रको प्रस्ताव

वि.सं.२०७९ फागुन १० बुधवार

714 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि राष्ट्रपतिको भूमिका सदा पार्टीगत रहेको बताउँदै उनले सेनाबाहेक देशका सबै संस्था क्षयीकृत रहेको तथा समाज महाभ्रष्ट रहेको बताएका छन् ।

‘यस्तो स्थितिमा राजालाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि ? राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो । तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो । सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन् । समाज महाभ्रष्ट छ । आइक्यु सन्सारमै सबैभन्दा कम छ । धर्मसंस्कृतिमाथि धावा बोलिएको छ । देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ÷परिसक्यो ।

यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजेण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’ हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ । राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनुपर्ने हो । तर, त्यो कुशासनको केन्द्रविन्दू बनेको छ ।

देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’ का रूपमा किन अघि नसार्ने ?

अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने । अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एकपटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने ?

राजा ज्ञानेन्द्रले भने झैँ, “अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।”

वि.सं.२०७९ फागुन १० बुधवार १५:४६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...