back
CTIZAN AD

दाेहाेराे अंकले बढ्याे सेयर बजार

वि.सं.२०७९ फागुन १० बुधवार

648 

shares

काठमाडौं । साताको बुधबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८० बिन्दुमा आएर रोकिएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ।

गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ८० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको बुधबार १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी जीवन विकास लघुवित्तको करिब ५ करोडको कारोबार भएको छ ।

सोमबारको १३ उपसूचकहरुमध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा उकालो लागेको छ। बुधबारको लिबर्टी उर्जा, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जल विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ।

वि.सं.२०७९ फागुन १० बुधवार १६:५५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...