काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर, त्यो नगरेको पनि बताएका हुन् ।
‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’
वि.सं.२०७९ फागुन ११ बिहीवार ११:४९ मा प्रकाशित






























