back
CTIZAN AD

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला, कति कित्तासम्म भर्ने ?

वि.सं.२०७९ फागुन ११ बिहीवार

696 

shares

काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बिहीवारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेकोे हो ।

कम्पनीले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख ३ हजार ३८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।

जसमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई निष्कासन गरी बाँडफाँट समेत गरिसकेको र ३ हजार ११७ कित्ता शेयर कर्मचारी तथा १० हजार १७० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।

निष्कासित शेयरमा लगानीकर्ताले फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

वि.सं.२०७९ फागुन ११ बिहीवार ११:४५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...