back
CTIZAN AD

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

वि.सं.२०७९ फागुन १४ आइतवार

1.4K 

shares

काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।

चैत्र ४ गते धरानमा एक भव्य कार्यक्रमको आयोजना गरी काइँलालाई सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिने निर्णय गरिएको प्रतिभा प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले बताए । प्रतिभा प्रतिष्ठानका अध्यक्ष अध्यक्ष गणेश राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जन्म वि.सं.१९९६ साउन २५ गते पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पौवा–सारताप इलाकाको पौवा गाउँमा बाबा सुब्बा खड्गबहादुर नेम्बाङ लिम्बू र आमा सरस्वती नेम्बाङ लिम्बूका काइँला पुत्ररत्नका रूपमा जन्मिएका काइला ।

दार्जिलिङबाट स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् । उनी नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध छन् । साथै दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ’तेस्रो आयाम’ नामक आयामेली आन्दोलनमार्फत साहित्यजगत्मा नयाँ युगको सुरुआत गरेका थिए ।

विशिष्ट रचनाशैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक् परिचय निर्माण गर्नुभएका काइँलाका कविता–काव्य विधातर्फ ’वैरागी काइँलाका कविताहरू’ र ’अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविताकृति प्रकाशित छन् ।
यसैगरी उनका लिम्बू भाषा र नेपाली भाषामा क्रमशः ’साप्पोःक् चोमेनः लिम्बूजातिमा कोखपूजा’, ’साम्सोघा मुन्धुमः प्रेतात्माको आख्यान र अनुष्ठान’, ’नाहेन् मुन्धुमः ईष्र्या र आँखीडाहीको आख्यान र अनुष्ठान’, ’ससिक् मुन्धुम : मोच मार्ने आख्यान र अनुष्ठान’, ’तङ्सिङ तक्मा मुन्धुमः आख्यान र अनुष्ठान’, ’चइःत् मुन्धुमः सृष्टिवर्णन’, ’मुजिङ्नामा खेयङ्नामा मुन्धुम’, ’नाम्सामि–केसामि मुन्धुम’, खाप्पुनामा मेल्लङ्हाङ्मा र लुप्लिनामा वदन्नामा मुन्धुम’, ’पाजाइबा मुन्धुम’, ’लाहादाङ्ना–सुहाम्फेबा मुन्धुम’ र ’नवाकोइत् मुन्धुम’ ल्बधबअयष्त ःगलमजगm गरी मुन्धुमका ११ ओटा कृति प्रकाशित छन् । ’लिम्बू व्याकरणः याक्थुङ् हुप्पाःन’ र ’याक्थुङ् हुप्पाःनः लिम्बू व्याकरण’को सहलेखन गरेका छन् ।
उनले आफ्ना बाबा सुब्बा खड्गबहादुरले लेखेको ’किरात मिक्हन साम्लोः किरात जागरण गीत’को नेपाली भाषामा अनुवाद समेत गरेका छन् ।

यसैगरी काइँलाले ’फूल पात पतकर’, ’महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थको भजनमाला’, ’समकालीन साहित्य’, ’जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’, ’राष्ट्रिय भाषाको कविता सँगालो’, ’लिम्बू ग्रन्थ सूची’, ’सयपत्री : लिम्बू लोककथा विशेषाङ्क’, ’लिम्बू भाषा तथा साहित्य विचार’, लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ र ’किरात मिक्हन साम्लो’, ’तेस्रो आयाम’ लगायतको सम्पादन समेत गरेका थिए ।

कविता–काव्य सृजना, मुन्धुमको खोज–अध्ययन एवम् लेखन र अनेकौँ कृतिको सम्पादन गरेका नेपाली वाङ्मय जगत्का विशिष्ट प्रतिभा काइँला वि.सं. २०६६ देखि २०७० सम्म चार वर्ष एक कार्यकाल) देशकै जेठो र सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति भए । त्यसअगि २०४७ देखि २०५० र २०५१ देखि २०५६ गरी दुई कार्यकाल प्राज्ञपरिषद् सदस्य रहेका उनी हाल नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य छन् । कविता–काव्य तथा मुन्धुमका क्षेत्रमा पु¥याएको विशिष्ट योगदानबापत् साझा पुरस्कार, गोरखा दक्षिण बाहु, रत्न–शोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कार आदि मानसम्मान र पुरस्कारद्वारा सम्मानित, पुरस्कृत तथा विभूषित भइसकेका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सोही समारोहमा विशिष्ट सङ्गीत–साधक एवम् गायक दीप श्रेष्ठलाई प्रतिभा सम्मान र चर्चित कवि सुदीप पाख्रिनलाई प्रतिभा पुरस्कार अर्पण गर्ने भएको छ ।

 

वि.सं.२०७९ फागुन १४ आइतवार १६:१८ मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...