back
CTIZAN AD

संसद विघटनको पक्षमा उभिए राष्ट्रियसभा अध्यक्ष

वि.सं.२०७९ फागुन २४ बुधवार

1K 

shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संसद विघटनको पक्षमा उभिएका छन् । संसद्‍ विघटन गर्ने कुरा संसारभरको अभ्यास भएको भन्दै उनले यसलाई नौलो मान्न नमिल्ने बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घटनालाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

तिमिल्सिनाले संसद विघटन गर्न नपाउने व्यवस्था राख्दा लफडा भइरहेको बताए । “जनप्रतिनिधिमूलक संस्था ठीकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको अभ्यास हो, नेपालमा त्यो भइरहेको थियो”, पारिवारिक निजी वन संघ नेपालको ९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भनेका छन्, “संविधान बनाउँदा पटकपटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ ।”

अध्यक्ष तिमिल्सिनाले गठबन्धन संस्कृति पनि विरोध गरेका छन् । उनले गठबन्धन संस्कृतिले राजनीतिलाई दिशाहिन बनाएको उनको आरोप छ ।

“१२/१५ वटा पार्टी मिलेका छन्, नचले पनि घस्रेर पाँच वर्ष त केही गर्नु हुँदैन भन्ने छ, अहिले विघटन नगर्ने कुरा सबैभन्दा ठूलो क्रान्तिकारी, परिवर्तनगामी हुने भनेको छ, संविधानले त्यही भनेपछि त त्यही भन्नुपर्छ”, उनले भनेका छन्, “कस्तो विडम्बना, भागबण्डा गरेको छ, पार्टी फुटायो, एउटा पार्टी फुटाउन अध्यादेश ल्याएको छ, अर्को पार्टी जोड्न अध्यादेश ल्यायो, भागबण्डा गर्‍यो, मन्त्री बाँड्यो, त्यस्तो गरेपछि विघटन नगराएर बचाउनुपर्ने ।”

संसद विघटन गर्ने व्यवस्था हुँदा नयाँ जनमत प्राप्त हुने र राजनीतिक अस्थिरता पनि अन्त्य हुने उनको भनाई छ । उनले भनेका छन्, “ बरु चुनाव गर्‍यो, अर्को कोही नयाँ त आउँथ्यो, नयाँ आएर बहुमत ल्याउँथ्यो, त्यस्तो भएन । हामी आफ्ना बानी सुधार नगर्ने, नियम, ऐन, कानूनलाई दोष दिने । परिवर्तन गर्ने भन्ने, परिवर्तनको चक्र घुमाएर मात्रै हामी कहाँ पुग्छौँ ।”

वि.सं.२०७९ फागुन २४ बुधवार १६:२७ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...