back
CTIZAN AD

लिखुले हात पार्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि, दोस्रो र तेस्रो स्थान ?

वि.सं.२०७९ फागुन २४ बुधवार

1.1K 

shares

त्रिशूली । नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो ।

प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पा¥यो । प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्णसहित पाँच रजत र १० कास्य जितेको छ भने तेस्रो भएको सूर्यगढी गाउँपालिकाले पाँच स्वर्णसहित नौ रजत र आठ कास्य पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिइन् ।

उपाधि बिजेता पालिका र उत्कृष्ट भएका खेलाडी (विद्यार्थी)लाई कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

खेलमार्फत विद्यार्थीको क्षमता वृद्धि गर्न, उनीहरुलाई शारीरिक रुपमा तन्दुरुस्त बनाउन तथा आगामी दिनमा क्षमतावान खेलाडी उत्पादन गर्न सङ्घीय सरकारले सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका प्रभावकारी रहेको उनकोे भनाइ छ ।

पालिकास्तरीय प्रतिस्पर्धाबाट छानिएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्दै अब जिल्ला खेलकुद विकास समितिको तर्फबाट बागमति प्रदेसस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबर्डी र एथ्लेक्टिक्सको विभिन्न छ बिधाका विभिन्न खेलमा प्रतिस्पर्धा गरिएको थियो ।

 

वि.सं.२०७९ फागुन २४ बुधवार १५:५३ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा...

प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन

प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित...