
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ ।
६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका पन्त र सुवेदीले बुधबार चितवनको सौराहामा एक समारोहको आयोजना गरी इन्गेजमेन्ट गरेका हुन् ।
फेसबुकमार्फत् आफूहरु औपचारिक रुपमा विवाह बन्धनमा बाँधिन लागेको सार्वजनिक गर्दै पन्तले लेखेकी छन् ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’
उनीहरुले भोली बिहीबार चितवनमै विवाह गर्दैछन् ।
नेपाली सिने क्षेत्रकी सफल नायिका मानिने बुटवलकी पन्त सन् २०१५ मा ‘अझै पनि’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी हुन् ।
उनी हाल पोइट आइडलमा जजको रुपमा रहेकी छन् भने फिल्म ‘अन्तराल’बाट फिल्म क्षेत्रमा डेव्यु गरेका उनका प्रेमी मानव हाल सर्ट फिल्महरुको निर्देशन गरिरहेका छन् ।