
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिएकी छन् ।
बुधबार झापाका मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी पन्तले बिहीबार औपचारिक रुपमा विवाह बन्धनमा बाँधिएको तस्बिर सार्वजनिक गरेकी छन् ।
विवाहमा संचारमाध्यमलाई प्रवेश नदिएका पन्त र सुवेदीले इन्गेजमेन्ट तथा विवाहको तस्बिरहरु आफ्नो सामाजिक संजालमार्फत् सार्वजनिक गरिरहेका छन् ।
परिवार र आफन्तको सहभागीतामा सानो समारोहबीच विवाह गरेका उनीहरुले चलचीत्र कर्मीहरुका लागि रिसेप्सन पार्टी भने काठमाडौंमा दिने बताइएको छ ।
नेपाली सिने क्षेत्रकी सफल नायिका मानिने बुटवलकी पन्त सन् २०१५ मा ‘अझै पनि’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी हुन् ।
उनी हाल पोइट आइडलमा जजको रुपमा रहेकी छन् भने फिल्म ‘अन्तराल’बाट फिल्म क्षेत्रमा डेव्यु गरेका उनका प्रेमी मानव हाल सर्ट फिल्महरुको निर्देशन गरिरहेका छन् ।