काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आगमी बैशाख १० गते हुने उपनिर्वाचनका लागि १८ दलले नाम दर्ता गराएका छन् ।
‘चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुर्नजागरण पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (बी.पी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी गरी १८ दल दर्ता भएका हुन् ।


वि.सं.२०७९ फागुन २५ बिहीवार १६:५१ मा प्रकाशित






























