back
CTIZAN AD

त्रिपाठी र कुँवरको नेतृत्वमा हामी नेपाली ग्लोबलको युएसए र सेशेल्स च्याप्टर बिस्तार

वि.सं.२०७९ फागुन २६ शुक्रवार

864 

shares

काठमाडौं । ‘हामी नेपाली ग्लोबल’ को युएसए र सेशेल्स च्याप्टर बिस्तार भएको छ ।

हालसम्म संसारका विभिन्न तीन दर्जन देशमा विस्तार भएको ग्लोबलको युएसए च्याप्टर” र ‘सेशेल्स च्याप्टर” गठन भएको हो ।

२०१८ को नोभेम्बर २४ मा विस्तार भएको हामी नेपाली ग्लोवलको युएसए र सेशेल्समा शाखा विस्तार गरिएसँगै हालसम्म विश्वभरीका बिभिन्न देशमा चौतिस वटा च्यापटरहरु बिस्तार भइसकेका छन् ।

संस्थाको युएसए च्यापटर इन्दिरा त्रिपाठीको नेतृत्वमा गठन भएको छ भने दिपेन्द्र कुँवरको नेतृत्वमा सेशेल्स च्याप्टरको गठन भएको छ ।

इन्दिरा त्रिपाठीको नेतृत्वमा गठन भएको युएस च्याप्टरको उपाध्यक्षहरुमा घनश्याम खड्का, सुनिता खत्री, गोमा योन्जन गुरुङ, महासचिवमा सुमन थाम्सुहाङ लिम्बु, सचिवमा सुर्य सिम्खडा, कोषाध्यक्ष उमा तामाङ, सहकोषाध्यक्षमा साङदुक्पा लामा, प्रवक्तामा किरण पौडेल रहेका छन् ।

त्यसैगरी बोड अफ डाइरेक्टरमा बिके थुलुङ राई, तेजेन्द्र राज राई, टंक बहादुर भण्डारी, सुष्मा कार्की, नवाङ साङ्गे लामा, उर्मिला पोखरेल, धर्मेन्द्र गोपाली, राजेश गुरुङ र पुरु केसी रहेका छन् ।

त्यसैगरी सांस्कृतिक विभागमा सुरज श्रेष्ठ, संचार संयोजकमा बिबि कार्की ‘सम्राट’ र माङतोया राई रहेका छन् ।

त्यस्तै दिपेन्द्र कुँवरको नेतृत्वमा गठन भएको सिसेल्स च्याप्टरको उपाध्यक्षहरुमा रुस्तम कुँवर, सुरज क्षेत्री, राजेन्द्र कुँवर रहेका छन् भने महासचिवमा सुरेन्द्र कुँवर, सचिवमा नुपनारायण कुँवर, कोषाध्यक्षमा अस्मिता आले मगर, सहकोषाध्यक्षमा बल बहादुर कुँवर र प्रवक्तामा सुरज केसी चयन भएका छन् ।

त्यसैगरी बोर्ड अफ डाइरेक्टरमा रामजी बस्नेत, करुणा केसी कुँवर, राजेन्द्र कुँवर, विश्वजित कार्की, आइन्द्रा विक्रम योङ्गा र आश्मान तामाङ रहेका छन् ।

संस्थाका केन्द्रिय अध्यक्ष अमृत लामाका अनुसार ‘हामी नेपाली ग्लोबल’ नेपाल र नेपालीलाई समृद्द बनाउने उदेश्यले सबै जात, धर्म वा वर्गलाई समेटेर बिशुद्द स्वतन्त्र संगठनको रुपमा स्थापना गरिएको संस्था हो ।

यस संस्थाका पहिलो उपाध्क्ष (कलेजपोइन्ट सिभिक वा ट्याक्स्पेयर्स एसोशिएसनका अध्यक्ष एशियन अफियर्स एरिक एडमका सल्लहकार) रहेका नवराज केसीले अमेरिकाका अन्य राज्यहरुमा पनि हामी नेपाली ग्लोबलका च्याप्टर बिस्तार गर्ने पहल भैइरहेको जानकारी दिएका छन् ।

संस्थाको उद्देश्य अनुसार नेपाल समृद्द बनाउन सहयोग पुर्याउन तथा नेपालमा पर्यटक भित्राउन बिशेष भूमिका खेल्न विश्वभरीका च्याप्टरहरुलाई आव्हान गर्दै आएको छ । नेपाल कृषि प्रधान देश भएकोले पनि आउदो कार्यक्रममा अझ शसक्त रुपमा नेपालमा कृषिजन्य उत्पादनको मात्रा बढाउदै विश्वभरिका बजार निर्यात गर्न उत्साहित गर्ने योजना ल्याउने बताइएको छ ।

उक्त संस्थाको बिधान अनुसार हरेक तीन बर्षमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिने छ । पछिल्लो अवस्थामा देखिएका अरु कुनै पार्टी अथवा संस्थाहरु जस्तै एकभन्दा धेरै ब्यक्ति अध्यक्ष नरहने र एकपटक नेतृत्व चयन भएपछी उसैले निरन्तर आफ्नो एकाधिकार जमाएर नेतृत्वमा रहिरहने ब्यबस्था संस्थामा नरहेको बताइएको छ ।
अध्यक्ष लामाका अनुसार संस्था आफ्नो बिधान अनुसार सन्चालन हुने र संस्थाको बिधान बाहेक कुनै पनि किसिमको कृयाकलापहरुले संस्थामा मान्यता पाउने छैन ।

लामाले संस्थामा सहकार्य र सर्वसम्मत नेतृत्व अथवा पदाधिकारी चयन हुने बताउँदै संस्थामा हालसम्म नेपालीहरुलाई मात्रै समाबेश गरिदै लगिएकोमा आगामी दिनहरुमा संस्थामा आबद्द हुन चाहने अन्य देशका नेपाली भाषीहरु पनि समाबेश गरिने योजना रहेको जानकारी दिएका छन् ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १२:५९ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...