back
CTIZAN AD

कसले पाउने उपराष्ट्रपति ? आठ दलीय गठबन्धनभित्र विवाद

वि.सं.२०७९ फागुन २६ शुक्रवार

987 

shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहित आठ दलबीचको सहमतिबाटै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेका थिए । राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय हुँदा दलहरुबीच उपराष्ट्रपतिको विषयमा पनि सहमति बनेको कुरा बाहिरिएको थियो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार फागुन १२ मा राष्ट्रपति र उपराष्ट्रपतिबारे दलहरुबीच सहमति बनेको थियो । जसमा जसपालाई उपराष्ट्रपति दिने सहमति दलहरुबीच भएको थियो ।

जुन सहमतिअनुसार नै बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर, जसपाले निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो दाबी अघि सारेको छ ।

उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । उन्मुक्तिका सांसद गंगाराम चौधरीका अनुसार रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णयबारे गठबन्धनको बैठकमा छलफल हुनेछ ।

तर, कांग्रेस उपसभापति खड्का भन्छन् – कुनै सहमति भएको छैन

उपराष्ट्रपति जसपालाई दिने सहमति भएको विषयलाई नेपाली कांग्रेसले भने अस्वीकार गरेको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपतिबारे कुनै सहमति नभएको दाबी गरेका छन् ।

शुक्रबार ललितपुरको बोडे पुगेका खड्काले यसबारे आजै गठबन्धन बैठक बसी निर्णय गर्ने बताए । “जसपालाई उपराष्ट्रपति दिने विषय आठ दलबीच प्रवेश नै गरेको छैन”, खड्काले भनेका छन्, “त्यसैले निर्णय नभएको विषयमा बोल्ने विषय भएन तर, आठ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।”

उनले उपराष्ट्रपति निर्वाचनबारे मिलेर अघि बढ्ने समझदारी र सहमति भने भएको उनले बताएका छन् । सहमतिमै निर्णय हुने उनको भनाई छ ।

“उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी, सहमति भएका छन्, प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ, सम्बन्धित दल र नेताहरूको बैठक बोलाएर औपचारिक रूपमा निर्णयमा पुग्छौँ”, खड्काले भनेका छन्, “दलहरूबीच सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ ।”

यसैबीच, कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको माओवादी केन्द्रभित्र पनि उपराष्ट्रपति लिनुपर्ने आवाज उठ्न थालेको छ । यदि माओवादी केन्द्रले अडान लिएमा थप के हुने अन्योल छ ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १३:३६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...