Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिट निवदेनमाथि जनप्रगतिशील मन्च कतारको गम्भीर ध्यानाकर्षण



कतार । नेपाली जनप्रगतिशील मन्च कतारले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘द्धन्द्धकालिन अवस्थामा भएका घटनाहरुको छानविन र निरुपणको लागि नेपालको संविधान बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन भएर कामकारबाही अगाडि बढिरहेको कुरा सार्वजनिक नै छ,’ मंचका अध्यक्ष बुद्वि प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका बाबजुद हालैको सर्वोच्चको उक्त आदेशले हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिइएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउँदै गलत उद्धेश्यका साथ सम्मनित सर्वोच्च अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मिएको छ ।’

मुलुकमा शान्ति बहाल हुन नदिन, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई नष्ट गर्न यसको शुरुश्रवात देखिनै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरु लागेको मंचद्धारा जारी विज्ञप्तिमा उल्लेखछ ।

मुलकलाई पुनः द्धन्द्धमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरुसँग सम्मानित सर्वोच्च अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम