Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

पालिकाद्धारा ‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम



अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्याल्सियमको कमी भइ बच्चा कुपोषित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण गरिएको हो । वडा अध्यक्ष पौडेलका अनुसार पोषणयुक्त सामग्रीअन्तर्गत ४० जना आमालाई एक क्यारेट अण्डा र सुत्केरी महिलालाई एक–एकवटा तौलिया वितरण गरिएको थियो । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने अध्यक्ष पौडेलको भनाइ छ ।

उक्त अवसरमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडासदस्य खगेश्वर पौडेल, हरिप्रसाद पौडेल धातिवाङ माविका प्रधनाध्यापक हिमलाल पौडेल, स्वास्थ्य संस्था सञ्चालन समितिका सदस्य दुर्गा न्यौपाने पौडेललगायतले पोषणमैत्री वडा बनाउन सबैको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम