back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोष बीच सम्झौता

वि.सं.२०७९ फागुन २६ शुक्रवार

759 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोष बीचमा विभिन्न सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैक र कोषबीच सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुबै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र दुवै संस्था बीचको सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउदै डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने उद्धेश्यले सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघि देखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई सिजिएएस (कम्युटराइज गर्भमेन्ट एकाउन्टिङ सिस्टम) प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउंदै आएको छ ।

सोहि कार्यलाई निरन्तरता दिदै कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोष लगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले शवमिसन नम्बर तथा कार्यालय कोड सहितको रकम बुझाएको स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंकका शाखाहरुमा पेश गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले शबमिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ्ग हाउसको बैंक सेन्ट्रल सफ्टवेयर मार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिदिनेछन ।

यसले गर्दा रकम समयमै जम्मा भई हिसाव मिलान हुने तथा कर्मचारीहरुको खातामा सोझै रकमहरु जम्मा हुने हँुदा सहज हुने विश्वास गरिएको छ । साथै, सम्पुर्ण सरोकारवाला निकायहरुले पनि यसै प्रबिधिको प्रयोग गरी रकम जम्मा गर्नुहुन समेत अनुरोध गरिएको छ ।

उक्त कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फस्र्यौट विभागका विभागीय प्रमुख ऋषि राम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उपप्रमुख सरोज कोईराला र प्रबन्धक बिमल जोशिको उपस्थिती रहेको थियो ।

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ सेवा दिँदै आएको छ ।

 

वि.सं.२०७९ फागुन २६ शुक्रवार १४:०८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...