काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानन्यायाधीशले शपथग्रहण गराउने व्यवस्था रहे पनि अहिले का.मु. प्रधानन्यायाधीश रहेकाले का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।
पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले एमालेकाे तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई हराएका थिए ।
पाैडेलले पद तथा गाेपनीयताकाे सपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकाे बिदाइ भएकाे छ । भण्डारीले आजदेखि नै शितल निबास छाडेकी छन् ।
वि.सं.२०७९ फागुन २९ सोमवार १३:४० मा प्रकाशित






























