back
CTIZAN AD

साउथ फिल्म उद्योगमा ब्रेकअपकाे कथा : यी हुन् ब्रेकअप भएका चर्चीत जाेडी

वि.सं.२०७९ फागुन २९ सोमवार

984 

shares

काठमाडाैं । सेलिब्रेटीहरू प्रायःजसाे आफ्नो सम्बन्धलाई लिएर चर्चामा आउँछन् । चाहे त्यो सम्बन्धको सुरुवात होस् या अन्त्य । फ्यानहरू जहिल्यै आफ्नो प्रिय स्टारको निजी जीवनसँग जोडिएका कुुरा जान्न चाहन्छन् । यहाँ साउथ फिल्म उद्योगका केही यस्ता जोडीको चर्चा गरिएको छ, जो आफ्नो प्रेमका कारण जति चर्चामा थिए, ब्रेकअपका कारण पनि उत्तिकै चर्चा पाए ।

नागा चैतन्य र सामन्था रुथ प्रभु

टलिउडमा नागा चैतन्य र सामन्था रुथ प्रभु लोकप्रिय जोडीका रुपमा चिनिन्थे । दुवैको प्रेम उनीहरू अभिनित ब्लकबस्टर फिल्म ‘ये माया चेसावे’ को सेटबाट अंकुराएको थियो । उनीहरुले कैयौं वर्षसम्म डेट गरेर सन् २०१७ मा विवाह गरे । तर, चार वर्षपछि उनीहरू अलग्गिए । नागा र सामन्थाले अक्टोबर २०२१ मा अलग्गिने निर्णय लिए ।

रक्षित शेट्टी र रश्मिका मन्दाना

रश्मिका मन्दाना र रक्षित शेट्टीको भेट सन् २०१६ को कन्नड फिल्म ‘किरिक पार्टी’को सेटमा भएको थियो । यो भेटपछि उनीहरूले डेटिङ सुरु गरेका थिए । एक वर्षपछि उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सन् २०१७ मा गृहनगर विराजपेट, कर्नाटकमा तामझामका साथ इन्गेजमेन्ट गरे । तर, एक वर्षपछि सन् २०१८ मा उनीहरुले इन्गेजमेन्ट तोडे । उनीहरुले प्रतिकुल मुद्दाका कारण सम्बन्ध तोडेको चर्चा चलेको थियो ।

नयनतारा र प्रभु देवा

विग्नेश शिवनका साथ सम्बन्धमा आउनुअघि नयनतारा ब्रेकअपका कारण चर्चामा थिइन् । विग्नेशअघि उनको सम्बन्ध निर्देशक तथा कोरियोग्राफर प्रभु देवासँग थियो । सन् २००९ मा उनी प्रभु देवासँग प्रेममा थिइन् । यद्यपि प्रभु विवाहित भएकाले उनीहरूको सम्बन्ध लामो समय रहेन । सन् २०१० मा प्रभुले आफू दुई वर्षदेखि नयनतारासँग प्रेममा रहेको खुलासा गरेपछि प्रभु देवा र उनकी पत्नी लताले सम्बन्धविच्छेद गरे । लतासँग सम्बन्धविच्छेद गरे पनि नयनतारासँग प्रभुको सम्बन्ध लामो समय टिक्न सकेन ।

अमला पल र भविन्दर सिंह

एएल विजयसँग सम्बन्धविच्छेद भएपछि अमला पल पुडुचरी गइन् । सन् २०१० मा उनी गायक भविन्दर सिंहसँग प्रेममा रहेर विवाह गरेकी थिइन् । विवाहका केही तस्वीर भाइरल भएको थियो । तर अभिनेत्रीले भने त्यो विवाह नभई फोटोसुट भएको दाबी गरिन् । तर भविन्दरले भने आफूले अमलासँग विवाह गरेको प्रमाण पेश गरेका थिए । तर, सन् २०२० मा अमलाले भविन्दरविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि उनीहरूको सम्बन्धमा ब्रेक लागेको थियो । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ ।

राणा दग्गुबाती र तृषा कृष्णन

राणा दग्गुबाती र तृषा कृष्णन साउथको लोकप्रिय जोडीमध्ये एक थिए । उनीहरू प्रायः सार्वजनिक कार्यक्रम, अवार्ड, पार्टीमा एकसाथ देखिन्थे । यद्यपि उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै खुले स्वीकारेनन् । उनीहरुले १० वर्ष डेट गरे पनि त्यसले पूर्णता पाएन । एजेन्सीबाट

वि.सं.२०७९ फागुन २९ सोमवार १६:४९ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...