back
CTIZAN AD

विधानको मर्म विपरित एनआरएनए दर्ता गरिएकोमा ओमानका संघ संस्थाको आपत्ति

वि.सं.२०७९ फागुन ३० मंगलवार

840 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ ओमानको नाममा ‘नेपाली सोसियल क्लब’ नाम रहने गरि संस्था दर्ता गर्ने सहमति विपरित संस्था दर्ता गरिएको भन्दै ओमानमा रहेका नेपाली संघ संस्थाले आपत्ति जनाएका छन् ।

ओमनस्थित नेपाली दुतावास र विभिन्न संघ संस्थाहरूबीच सुरुदेखिनै बिगतमा भएको साझा सहमतिबाट ‘नेपाली सोसियल क्लब’ नाम रहने गरि ओमनमा क्लब दर्ता गर्ने सहमतिलाई वेवास्ता गर्दै एकतर्फी ढङ्गबाट संघले आफ्नै संस्थाको बिधानको मर्म विपरित गैरआवासीय नेपाली सोसियल क्लब नामक संस्था दर्ता गरेको संघसंस्थाले दूतावासमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

‘सोहि बिषयलाई लिएर गत २ अगस्ट २०१७ का दिन राजदुतावास मै अन्य नेपाली सामाजिक संघ–संस्थाहरुबिच भएको छलफल तथा सहमति अनुसार तत्काल संयुक्त बैठक बस्ने र सबैलाई समेटने गरि “नेपाली सोसियल क्लब” गराउने सहमति भएको थियो त्यही अनुरुप २ सेप्टेम्बर २०१७ मा सयूक्त बैठक बस्यो तर गैरआवासीय नेपाली संघ ओमनले एकतर्फी रुपले गएकोले कुनै सहमति हुन सकेन ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

सुद्ध नेपाली सोसल क्लबको विकल्प नरहेको भनि पटकपटक आवाज उठाएको तथा ज्ञापनपत्र र बिभिन्न समयमा सहमति सहकार्य भएतापनि हालको मितिसम्म कार्यान्वयन नगरिएको प्रति नेपाली दुतावास लगायत सम्बन्धित सबैप्रति पछिल्लो समय थप ससंकित बनाएको पनि विज्ञप्तिमा बताइएको छ ।

‘नेपाली सोसल क्लब भनेको यहाँको स्थानीय कानुन मुताबिक दर्ता भएको बैधानिक सस्था वा आम नेपाली÷मजदुरहरुले आफ्नो सस्थाको महसुस गर्न पाउनुपर्ने सस्थाको रुपमा बिकसित र क्रियाकलाप हुनुपर्नेमा निर्बिबाद छौ । तसर्थ बिगतका पटकपटक गरिएका छलफल सहमति र समग्र नेपाली अटाउने खालको “नेपाली सोसियल क्लब” नामले कार्यान्वयन सहित त्यसको बैधानिक मान्यता भाबना मर्म तथा एक स्वतन्त्र संगठनको रुपमा संचालन गर्न\गराउन हुन् वा उक्त प्रकृया तत्काल अघि बढाई गैरआवासीय नेपाली संघबाट छुटाई नेपाली सोसल क्लब बनाउन नेपाली राजदुतावाससमक्ष जोडदार माग सहित संयुक्त, ज्ञापनपत्र पेश गरेका छौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।

नेपाली जनसम्पर्क समिति ओमनका शालिकराम चापागाई प्रवासी नेपाली मञ्च ओमनका रामकुमार आचार्य ९रन्जित० नेपाली जनप्रगतिशील मञ्च ओमनका उमेश बि।क।, प्रवासी नेपाली एकता मञ्च ओमानका लिलानाथ कोइराला , ओमान नेपाली एकता समाजका छबिलाल बस्नेत र विवेकशील पार्टी ओमानका राजेन्द्र सिल्वालले दूतावासमा ज्ञापनपत्र बुझाएका हुन् ।

वि.सं.२०७९ फागुन ३० मंगलवार १३:२७ मा प्रकाशित

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

नारायणगढ-मुग्लिन सडक सञ्चालन

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

विभिन्न पाँच समितिको बैठक बस्दै

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय  संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...