back
CTIZAN AD

कस्तो हुन्छ समाजवादी अर्थव्यवस्था ?

वि.सं.२०७९ फागुन ३० मंगलवार

4.5K 

shares

पुँजीवादी समाजमा हरेक उत्पादन एउटा माल हुन्छ । केवल उत्पादनका साधन र उपभोक्ता सामग्री मात्र होइन, अपितु मानव श्रम पनि एउटा माल हुन्छ । माल पुँजीवादी अर्थ व्यवस्थाको सेल कोशिका हो । मालमा पुँजीवादका सबै अन्तरविरोधहरू समावेश हुन्छन् । पुँजी कुनै वस्तु होइन, यो निश्चित सामाजिक सम्बन्ध हो । यो उत्पादन साधनमा स्वामित्व राख्ने वर्गहरू र उत्पादनका साधनहरूबाट बञ्चित हुनाले शोषणको मारमा परेका वर्गहरूका बीचको सामाजिक सम्बन्ध हो । भवन, मेशिन, कच्चा पदार्थ, उत्पादित वस्तु स्वतः पुँजी होइनन् । निश्चित सामाजिक सम्बन्धमा मात्र यी वस्तुहरू शोषणका साधन अर्थात् पुँजीमा परिणत हुन सक्छन् ।

माल र मुद्राबीचको सम्बन्ध

मुद्राको सम्बन्ध मालसँग हुन्छ । दैनिक जीवनमा मुद्राको रुपमा माल अभिव्यक्त हुन्छ । प्रारम्भमा धनी कविलाहरू र भूमिहीन कविलाहरू परस्परमा आफ्ना अतिरिक्त उपजको विनियम गर्दथे । वस्तु विनियमको रुपमा हुने यो विनियम एउटा जटिल प्रक्रिया थियो । त्यहाँ समतुल्यको विशेष भूमिका हुन्थ्यो । माल विनिमयको लामो प्रक्रियामा बेग्लाबेग्लै राष्ट्रहरूले विनियम गर्ने बेग्लाबेग्लै माध्यमको प्रयोग गरे । अन्तमा, उनीहरू सुन या चाँदी जस्ता मूल्यवान् धातुहरूलाई मुद्राको रुपमा प्रयोग गर्ने निर्णयमा पुगे । मुद्राको गुण त्यसका कार्यहरूद्वारा अभिव्यक्त हुन्छ ।

पुँजी परिचालनको प्रक्रिया

पुँजीको परिचालन प्रक्रिया अतिरिक्त मूल्यको शोषण र त्यसको वृद्धि हुने प्रक्रिया हो । पुँजी कायम रहनको निम्ति त्यो सँधै गतिशील हुनु आवश्यक छ । पहिलो चरणमा पुँजीपतिले बजारबाट उत्पादन साधन र श्रम शक्ति खरिद गर्नका लागि निश्चित मात्रामा मुद्राको प्रवन्ध गर्नुपर्दछ । यो प्रक्रियामा पहिला मुद्राले खरिद र भुक्तनको साधनको रुपमा पुँजीको काम गर्दछ । त्यहाँ मुद्रा पुँजी बन्छ र मुद्रा पुँजी उत्पादन पुँजीमा बदलिन्छ । यो पुँजीको काम अतिरिक्त मूल्यको सिर्जना गर्ने तयारी गर्नु हुन्छ । दोस्रो चरणमा उत्पादन शुरु हुन्छ र र विनिमय प्रक्रिया खत्तम हुन्छ । श्रमशक्तिको लगानीसँगै कच्चा मालले नयाँ रुप धारण गर्दछ र उत्पादन पुँजी माल पुँजीमा बदलिन्छ । तेस्रो चरणमा माल पुँजीमा मजदुरको श्रमद्वारा सृजित अतिरिक्त मूल्य सामेल हुन्छ । यो पहिअले किनिएको कच्चा माल भन्दा बेग्लै देखिन्छ र मूल्य पनि पहिलेको मूल पुँजीभन्दा बढी हुन्छ । उत्पादित माल विक्रीको लागि बजारमा पु¥याइन्छ र माल पुँजी फेरि मुद्रा पुँजीमा बदलिन्छ । यो प्रक्रिया अनवरत चलिरहन्छ । यो गति नै पुँजीको परिचालन हो ।

समाजवादी आर्थिक कार्यक्रम

समाजवादी क्रान्तिको स्वरुप पुँजीवादी व्यक्तिगत सम्पत्तिलाई प्रहारको लक्ष्य बनाउँदै सबै खाले शोषणको अन्त्य गरी सामूहिक पुँजीको विकास गर्नु हो । यसको लागि संक्रमणकालको रुपमा सहकारिताको अवधारणालाई अनुशरण गर्नु उपयुक्त हुन्छ । साझा उद्देश्यको लागि स्वेच्छाले मिलेर गरिने कार्य नै सहकारी हो । सरकारी, निजी स्वामित्व रहेको पुँजीवादी अर्थप्रणालीलाई बदलेर सामूहिक स्वमित्व रहेको समाजवादी अर्थप्रणालीमा रुपान्तरण गर्ने संक्रमणकालीन आर्थिक र सामाजिक संगठन हो सहकारी । यसको सञ्चालन स्वेच्छिक सहभागिता र आपसी लाभको सिद्धान्तमा आधारित भएर गरिन्छ । सहकारी जनताको मुक्तिको लागि गरिबीबाट समृद्धितर्पm जाने एक मात्र मार्ग हो । यो वर्ग विभाजित वर्तमान समाजको रुपान्तरण गर्ने शक्तिमध्ये एक हो । यसले श्रमलाई पुँजीको मातहत गराउने वर्तमान प्रणालीको सट्टा स्वतन्त्र तथा एक समान उत्पादन संघको लोककल्याणकारी प्रणाली दिन सक्छ ।

सहकारी उत्पादन प्रणाली पहिलो, सैद्धान्तिक तथा राजनीतिक दृष्टिले र दोस्रो, व्यावहारिक तथा प्रयोगात्मक दृष्टिले महत्वपूर्ण छ । यी दुईको उचित समायोजनबाट अर्थ उत्पादनमा आत्मनिर्भर बन्न सकिन्छ । यसमा उत्पादनका साधनहरूमाथि सामाजिक स्वामित्व कायम रहन्छ । सहकारी समाजवादी सत्ताको निम्ति कर्तव्यसँगै अवसर पनि हो । यसले उत्पादन सम्बन्धलाई समाजवादी सत्ताअनुरुप योजनाबद्ध, गतिशील र सामूहिक खालको बनाइदिन्छ । यसले सबै जनताको उत्पादन प्रणालीमा सुधार र परिवर्तन गरिदिन्छ भने आफ्नै उत्पादनहरूको संगठन पनि बनाउँदछ । सहकारी आन्दोलनले पुँजीवादी व्यवस्था र पुँजीपतिवर्ग माथि सर्वहारावर्गको विजयको मार्ग प्रशस्त गर्दछ । वास्तविक अर्थको सहकारी प्रणालीमा उत्पादनका साधनमाथि सामूहिक स्वामित्व कायम रहन्छ । यसले उच्चस्तरको व्यवस्थापन र चेतनाको माग गर्दछ । उत्पादन वृद्धि गर्ने, श्रम उपयोगी बनाउने र नयाँ राजनीतिक चेतनाको विकास गराउनेसँग सहकारीको उद्देश्य जोडिएको हुन्छ ।

कम्युनिष्ट आर्थिक प्रणाली

कम्युनिष्टहरू सर्वहारावर्गको हितको निम्ति लड्छन् । कम्युनिष्टहरूले मजदुरहरूको हितलाई नै अघि सार्ने गर्छन् । मजदुरवर्गीय संघर्षको विकास गर्ने विभिन्न अवस्थामा कम्युनिष्टहरू जहिले पनि र जहाँ पनि पूरै आन्दोलनको हितको प्रतिनिधित्व गर्दै संघर्षरत रहन्छन् । कम्युनिष्ट सिद्धान्तको लक्ष्य निजी सम्पत्तिको अन्त्य गर्नु हो । क्षमताअनुसारको काम र कामअनुसारको दाम उपलब्ध गराउनु कम्युनिष्टको आर्थिक प्रणाली हो । उत्पादन बढाउने र निरन्तर क्रान्तिलाई पक्रने कार्यशैलीमा कम्युनिष्टहरू अभ्यस्त हुनुपर्दछ । समाजवादी अर्थव्यवस्था टिकाईराख्न आर्थिक पक्षको पनि महत्वपूर्ण भूमिका रहन्छ । लेनिन, स्टालिन र रुसी कम्युनिष्टहरूले खडा गरेको समाजवाद र पूर्वी युरोपका समाजवाद आर्थिक प्रणालीकै कारणले टिक्न सकेनन् । वैभव, विलासी जीवनको अन्त्य गरी सुव्यवस्थित र सरल जीवनको निर्माण गर्नुपर्छ । फजुलखर्च गर्ने र चरम उपभोग गर्ने प्रवृत्ति पैmलिन दिनुहुँदैन । जनता र आम नागरिकको हकमा रोजगारीको सुनिश्चितता गरी जनताको आर्थिक उत्पादन कार्यलाई प्रोत्साहित र संरक्षण गर्ने नीीत लागू गरिनुपर्छ ।

वि.सं.२०७९ फागुन ३० मंगलवार १४:२५ मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...