back
CTIZAN AD

तपाईको आज चैत महिनाको पहिलो दिन बुधबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?

वि.सं.२०७९ चैत १ बुधवार

738 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला। आशा देखाउनेहरूबाट उचित सहयोग प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। यात्राको साइत जुर्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा आलस्य गर्दा दुःख पाइनेछ। बेसुरमा बोल्ने बानीले काम बिग्रने अवस्था आउन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने देखिन्छ। अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। मेहनतले अवसर दिलाउनेछ। कर्मको उचित प्रतिफल पाइने हुँदा राम्रै धन आर्जन हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउनेछन्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन नसकिएला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पछिका लागि सम्भावना देखिए पनि तत्काल न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने समय छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। परिबन्धले समस्या निम्त्याउन सक्छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनत गर्दा नयाँ काम फेला पर्नेछ। कृषि, पशुपालनमा आदिमा फाइदा हुने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा सामान्य फाइदा हुनेछ।

२०७९ चैत १ गते, बुधवार, (१५ मार्च २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज मंगलबारको राशिफल भन्छ–आज मेषसहित ६ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

 

वि.सं.२०७९ चैत १ बुधवार ०७:५४ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...