Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

मलमा अनुदान कटौतिको निर्णय : कांग्रेस, एमाले र राप्रपाद्धारा संयुक्त आन्दोलन घोषणा



काठमाडौं । सरकारले मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि कांग्रेस, एमाले र राप्रपाका किसान संगठनले आन्दोलनको घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राप्रपा निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रममा ३ चैतमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना, जुलुस, चक्काजामसम्म रहेका छन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिएअनुसार माग पूरा नभएसम्म आन्दोलन जारी रहने छ ।
गत २६ फागुनमा सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम