back
CTIZAN AD

निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

वि.सं.२०७३ चैत २८ सोमवार

957 

shares

धनगढी, २८ चैत । आगामी निर्वाचनको तयारीको क्रममा निर्वाचन आयोगले आज यहाँ निर्वाचन सञ्चालन तथा व्यवस्थापन विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

आयोगका आयुक्त ईला शर्माले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै आगामी चुनावमा आम नागरिकलाई निष्पक्षताको आभाष हुने गरी कार्य सम्पादन गर्न सहभागीलाई निर्देशन दिनुभयो ।

उहाँले विगतका निर्वाचनभन्दा केही फरक ढङ्गको र नयाँ संरचनामा आगामी निर्वाचन हुन लागेकाले यो निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, निष्पक्ष, स्वतन्त्ररुपमा सम्पन्न गराउन सबैले आफ्नो जिम्मेवारी र दायित्व सम्झेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, आयोगका सहसचिव दिनेशकुमार घिमिरेलगायतले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

दुईदिने प्रशिक्षक प्रशिक्षणमा डोटी, अछाम, दार्चुला, डडेलधुरा, बाजुरा र बर्दिया जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सहभागी छन् ।

वि.सं.२०७३ चैत २८ सोमवार ११:३६ मा प्रकाशित

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन । बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर (झापा) । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको...

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित...

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण

बागमती । हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा अवस्थित दक्षिणकाली मन्दिर यस क्षेत्रको...