काठमाडौं । सरकारले किसानका लागि मलमा उपलब्ध गराउँदै आएको अनुदान कटौती गरेकोमा जनमत पार्टीले आपत्ति जनाएको छ ।
सो पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ–यसबाट किसानले प्रतिकिलो युरियामा रु ११. डिएपीमा रु ७ र पोटासमा रु ९ मूल्यभार बेर्होर्नु पर्नेछ । सरकारले जनताको हितमा काम गर्नुपर्ने र उत्पादनमुखी काममा बजेट बढाउनुपर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरुको बेवास्ता गरेको देखिन्छ ।’
किसानलाई साविकमा दिइदैंँ आएको अनुदान बढाउन, प्रयाप्त मलखाद खरीद गर्न बजेट बढाउन र समयमै मलखादको सुलभ उपलब्धता सुनिश्चित गर्न समेत सो पार्टीले अनुरोध गरेको छ ।
‘किसानहरुको हितमा माग सम्बोधन नभए जनमत पार्टी आन्दोलनमा उत्रिन समेत बाध्य हुनेछ ।’
वि.सं.२०७९ चैत २ बिहीवार १३:२२ मा प्रकाशित






























