Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

पचासको दशकको सुरुतिर बन्द भएको मेलालाई स्थानीयवासीले फेरी जगाए



गण्डकी । लामो समयदेखि बन्द रहेको परम्परागत ‘सिस्टेनी मेला’ रुपावासीको सक्रियता फेरि सुरु भएको छ । पचासको दशकको सुरुतिर बन्द भएको उक्त मेलाको जगेर्नामा स्थानीय कस्सिएका हुन् ।

कास्कीको, रुपा गाउँपालिका–६ मा यसपालिको चैतेदशैँमा दोस्रो सिस्टेनी मेला हुँदैछ । रुपाताल छेउमा लाग्ने उक्त मेला यही चैत १५ देखि १७ गतेसम्म चल्ने आयोजक शान्तिरुपा बराहथोक तमु युवा परिवारले जनाएको छ ।

संस्थाका अध्यक्ष बुद्धिबहादुर गुरुङले खेल, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले मेला राखिएको बताए । कास्कीको तेस्रो ठूलो ताल रुपातालको प्रचारप्रसारमा पनि मेलाले सघाउने आयोजकको विश्वास छ ।

मेलाको आकर्षणमा पुरुष भलिबल, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना हुनेछन् । भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु ६० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलाबाट बचत भएकोमध्ये ५० प्रतिशत रकम रुपाकोट ‘भ्यूटावर’ निर्माणमा खर्च गरिने अध्यक्ष गुरुङले बताए । मेलाबाट रू छ लाख २४ हजार आम्दानी हुने र त्यसबाट खर्च खटाएर रु दुई लाख २५ हजार जति बचत हुने आयोजकको अनुमान छ ।

स्थानीय तुलबहादुर गुरुङले परापूर्वकालदेखि सिस्टेनीमा मेला लाग्ने गरेको सुनाए ।“द्वन्द्वलगायतका कारणले असुरक्षा बढेपछि मेला बन्द हुन पगेको थियो”, उनले भने, “हराएको मेलालाई गाउँले मिलेर फेरि जगाएका छौँ, पहिलेभन्दा मेला केही परिमार्जित भएको छ ।”

बाउबाजेका पालामा झैँ मौलिकता दिन नसकेपनि मेलामा स्थानीय संस्कृति र खानपानलाई प्राथमिकता दिइने उनले बताए । पहिले रुपाकोट गाविस हुँदा भङ्गेरा, बराहथोक र जमनकुनाका स्थानीयवासी मिलेर मेला चलाउँथे । मेला हेर्न छिमेकी तनहुँ, लमजुङ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट मानिस आउने गर्दथे ।

मेलामा घरेलु सीपबाट बनेका घरेलु हातहतियारसहितका घरायसी प्रयोगका सामानको किनमेल हुन्थ्यो । खाजा–खानाका परिकार पनि स्थानीय बाली र अन्नपातका हुन्थे । मेलामा चुड्का भजन र ठाडो भाका गाएर गाउँले एक आपसमा रमाउँथे ।

उहिलेदेखि त्यसरी चल्दै आएको मेला बन्द भएपछि चिन्तित स्थानीय फेरि एकजुट भएर मेलाको उत्थानमा लागेका हुन् । विसं २०७४ मा सोही संस्थाको आयोजनामा पहिलो सिस्टेनी मेला भएको थियो । बीचमा कोभिड–१९ महामारी आदि कारणले मेला स्थगित हुन पुग्यो । अहिले पुनः मेलाले निरन्तरता पाएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम