back
CTIZAN AD

पचासको दशकको सुरुतिर बन्द भएको मेलालाई स्थानीयवासीले फेरी जगाए

वि.सं.२०७९ चैत २ बिहीवार

666 

shares

गण्डकी । लामो समयदेखि बन्द रहेको परम्परागत ‘सिस्टेनी मेला’ रुपावासीको सक्रियता फेरि सुरु भएको छ । पचासको दशकको सुरुतिर बन्द भएको उक्त मेलाको जगेर्नामा स्थानीय कस्सिएका हुन् ।

कास्कीको, रुपा गाउँपालिका–६ मा यसपालिको चैतेदशैँमा दोस्रो सिस्टेनी मेला हुँदैछ । रुपाताल छेउमा लाग्ने उक्त मेला यही चैत १५ देखि १७ गतेसम्म चल्ने आयोजक शान्तिरुपा बराहथोक तमु युवा परिवारले जनाएको छ ।

संस्थाका अध्यक्ष बुद्धिबहादुर गुरुङले खेल, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले मेला राखिएको बताए । कास्कीको तेस्रो ठूलो ताल रुपातालको प्रचारप्रसारमा पनि मेलाले सघाउने आयोजकको विश्वास छ ।

मेलाको आकर्षणमा पुरुष भलिबल, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना हुनेछन् । भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु ६० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलाबाट बचत भएकोमध्ये ५० प्रतिशत रकम रुपाकोट ‘भ्यूटावर’ निर्माणमा खर्च गरिने अध्यक्ष गुरुङले बताए । मेलाबाट रू छ लाख २४ हजार आम्दानी हुने र त्यसबाट खर्च खटाएर रु दुई लाख २५ हजार जति बचत हुने आयोजकको अनुमान छ ।

स्थानीय तुलबहादुर गुरुङले परापूर्वकालदेखि सिस्टेनीमा मेला लाग्ने गरेको सुनाए ।“द्वन्द्वलगायतका कारणले असुरक्षा बढेपछि मेला बन्द हुन पगेको थियो”, उनले भने, “हराएको मेलालाई गाउँले मिलेर फेरि जगाएका छौँ, पहिलेभन्दा मेला केही परिमार्जित भएको छ ।”

बाउबाजेका पालामा झैँ मौलिकता दिन नसकेपनि मेलामा स्थानीय संस्कृति र खानपानलाई प्राथमिकता दिइने उनले बताए । पहिले रुपाकोट गाविस हुँदा भङ्गेरा, बराहथोक र जमनकुनाका स्थानीयवासी मिलेर मेला चलाउँथे । मेला हेर्न छिमेकी तनहुँ, लमजुङ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट मानिस आउने गर्दथे ।

मेलामा घरेलु सीपबाट बनेका घरेलु हातहतियारसहितका घरायसी प्रयोगका सामानको किनमेल हुन्थ्यो । खाजा–खानाका परिकार पनि स्थानीय बाली र अन्नपातका हुन्थे । मेलामा चुड्का भजन र ठाडो भाका गाएर गाउँले एक आपसमा रमाउँथे ।

उहिलेदेखि त्यसरी चल्दै आएको मेला बन्द भएपछि चिन्तित स्थानीय फेरि एकजुट भएर मेलाको उत्थानमा लागेका हुन् । विसं २०७४ मा सोही संस्थाको आयोजनामा पहिलो सिस्टेनी मेला भएको थियो । बीचमा कोभिड–१९ महामारी आदि कारणले मेला स्थगित हुन पुग्यो । अहिले पुनः मेलाले निरन्तरता पाएको हो ।

वि.सं.२०७९ चैत २ बिहीवार १६:४६ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...