काठमाडौं । शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ योजनाको मेगा लक्की ड्रबाट कृष्ण मानन्धर र चन्चल चौधरीले ५÷५ सुन तोला जितेका छन् ।
शिवम् सिमेन्टले संचालन गरेको उक्त योजनाको मेगा लक्की ड्र अन्तर्गत उनीहरुले ५/५ सुन तोला जितेका हुन् ।
योजनाको दोस्रो पुरस्कार अन्तर्गत सुरेश प्रसाद, युवराज कार्की, चन्द सिंह र शिवराम भण्डारीले ४ जनाले ३-३ तोला सुन जितेका छन् । यस्तै, तेस्रो पुरस्कार अन्तर्गत ६ जनालाई २ /२ तोला सुन चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।
कम्पनीले लक्की ड्र योजनाको विजेतालाई छिट्टै पुरस्कार प्रदान गर्ने जनाएको छ । शिवम् सिमेन्टले गत मंसिर १८ गतेदेखि यस उपहार योजना सार्वजनिक गरेको थियो । कम्पनीले २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्रयाच कुपन प्राप्त गरी २ सयदेखि ५ सय रुपैयाँसम्म नगद तथा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखेको थियो ।
वि.सं.२०७९ चैत ३ शुक्रवार ०८:३६ मा प्रकाशित






























