back
CTIZAN AD

अपीले एक बराबर दुई कित्ता हकप्रद सेयर दिने

वि.सं.२०७३ चैत २८ सोमवार

840 

shares

२८ चैत, काठमाडौँ  । अपी पावर कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने भएको छ ।

कम्पनीको यहाँ आज सम्पन्न विशेष साधारणसभाबाट सो प्रस्ताव पारित गरिएको हो । साधारणसभाबाट पारित प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइनेछ । कम्पनीको हालको सेयर सङ्ख्या एक करोड पाँच लाख कित्ता छ । यसबाट विद्यमान एक सेयर बराबर दुई सेयरका दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रस्तावित सेयर निस्काशनबाट प्राप्त रु दुई अर्ब १० करोडमध्ये रु एक अर्ब सिद्धकाली पावर लि कंले प्रवद्र्धन गर्न लागेको त्रिशूली गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ । यस्तै रु एक अर्ब १० करोड भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको छ ।

यस्तै अपी पावर कंको हालको चुक्ता पुँजी रु एक अर्ब पाँच करोड र जारी पुँजी रु तीन अर्ब रहेकामा पुँजी वृद्धि गरी जारी पुँजी रु चार अर्ब पु¥याउने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ । कंका अध्यक्ष न्यौपानेले कम्पनीप्रति सेयरधनी र शुभेच्छुकले देखाएको विश्वासलाई सम्मान गर्दै थप नयाँ लगानीका अवसर खोजिएको बताउनुभयो । कंले निकट भविष्यमा नै अपर चमेलियालगायत आयोजनामा लगानी गर्न लागेको र त्यसले सेयरधनीलाई थप लगानीका अवसर प्रदान गर्ने उहाँको भनाइ थियो । रासस

वि.सं.२०७३ चैत २८ सोमवार १५:०१ मा प्रकाशित

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...