काठमाडौं । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ‘५ को ५’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
चैत्र १ देखि १५ गतेसम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिंक गरेको बैंकको खाताबाट, एम–बैकिङ्ग वा इ–बैकिङ्गबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा पाँच पटक पैसा लोड गर्दा पाँच जना भाग्यशाली विजेताहरुले सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् ।
यसका साथै, हरेक दिन कम्तिमा एक पटक सोही माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा एक जना भाग्यशाली विजेताले रु. १००० जित्ने मौका पनि पाउनेछन् । सो रकम विजेताको वालेटमा लोड हुने कम्पनीले जनाएको छ ।
यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात् लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको कम्पनीको भनाई छ ।
२० लाखभन्दा बढी ग्राहकहरु भएको यस वालेट पछिल्लो समय निकै रोजाइमा परेको पाइन्छ ।
वि.सं.२०७९ चैत ५ आइतवार १७:४४ मा प्रकाशित






























