काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही दिनयता देशका विभिन्न भू–भागमा हिमपात सहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङ्ग सहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन ÷ चट्याङ्ग सहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७९ चैत ६ सोमवार ०८:२८ मा प्रकाशित






























