
काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको बजारमा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १३३० रहेको छ ।