Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

मन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता सुरु हुदैँ, कुन कुन राष्ट्रको सहभागिता रहने छ त ?



काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न तीन राष्ट्रको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

उक्त प्रतियोगिताको लागि भुटान र लाओसका खेलाडी नेपाल आइसकेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ ।

त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ । खेलको टिकट खल्ती एपबाट वा दशरथ रङ्गशालाकामा रहेको खल्तीका स्टलबाट किन्न सकिनेछ । उक्त प्रतियोगिताको लागि रु एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको