back
CTIZAN AD

कोशी प्रदेश नामांकन गरिएकोमा आपत्ति जनाउदै अमेरिकामा बिरोध

वि.सं.२०७९ चैत ७ मंगलवार

624 

shares

सुरेश चाम्लिङ्ग, न्युयोर्क । प्रदेश १ को नाम कोशी प्रदेश नामाकंन गरिएकोमा अमेरिकामा विरोध गरिएको छ ।

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरीकाका पूर्वसभापति वर्तमान सल्लाहकार मिलन राईको नेतृत्वको प्रतिनिधि मण्डलले अमेरीकाको लागी नेपालको राजदूत श्रीधर खत्रीलाई भेटी एक ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।

सो प्रतिनिधि मण्डलले प्रदेश न १ लाई कोशी प्रदेश नामाकरण गरेकोमा खेद व्यक्त गर्दै उक्त नाम तत्काल खारेज गरी किरात प्रदेश नामाकरण गर्न जोड़दार माग गरेको छ ।

उक्त ज्ञापनपत्रमा भनिएको छ–‘नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक राज्य भएको र १० वर्षे जनयुद्व ०६२\६३ सालको जनआन्दोलन र नेपालमा भएको सबै खाले जन बिद्रोहद्वारा स्थापित वर्तमान संविधानले यो कुरालाई आत्मसात गरी नेपाल लोकतान्त्रीक गणराज्य स्थापीत भएको हो । तसर्थ प्रदेशको नाम आन्दोलनको अगुवा, बुद्विजीवी, इतिहासविद् र यो भन्दा अगाडी गठन गरिएको विशेषज्ञको आयोगको प्रतिवेदनलाई समेत मध्येनजर गरी प्रदेश न १ लाइ इतिहास भूगोल र सभ्यताको सम्मान गरी किरात प्रदेश राख्नु पर्नेमा कोशी प्रदेश राखिएको प्रति अर्गनाइजेशनको कडा बिरोध गर्दछ । कोशी प्रदेश तुरुन्त खारेज गरी किराँत प्रदेश राख्न माग गर्दछ ।’

प्रतिनिधि मण्डलले उक्त ज्ञापनपत्र नेपाल सरकारका प्रधानमन्त्री लगायत कथित कोशी प्रदेशको मुख्यमन्त्री, सोही प्रदेशको सभामुख लगायत सम्पूर्ण प्रदेश सभासद समक्ष पूर्याइ दिन माग गरिएको छ । प्रतीनिधि मण्डलमा अर्गनाइजेसशका केन्द्रीय उप सभापति कुशुम राई, डि एम भि पि च्याप्टर उपसभापति डा, भबिराज राई लगायत हूनू सहभागी थिए ।

मुना राईको नेतृत्वमा किरात प्रदेश नाम राख्न माग गरी महा बाणिज्यदुत पुष्प भट्टराइलाई ज्ञापन पत्र बुझाइएको हो ।

उक्त ज्ञापन पत्रमा भनिएको छन –‘नेपालको इतिहासमा किरातीहरुले लामो समय शासन गरि नेपाललाई सम्वृद्द बनाएको, लामो इतिहासको काल खण्डमा अस्तित्वमा रहेको पल्लो किरात, माझ किरात, वल्लो किरात भूगोलको एकीकृत स्वरुप नै अहिलेको १ न प्रदेश हा । तसर्थ पूर्वमा रहेको १४ जिल्ला किरात प्रदेश नामकरण होस् ।’
हाल किरात राई यायोखा नेपालद्वारा संचालन गरिएको ‘कोशी प्रदेश खारेजी र किरात प्रदेश नामाकरण अभियान’ प्रति ऐक्यबद्धता जनाउँदै किरात राई यायोखा युके, जापान, इजरायल, कतार, मकाउ, दक्षिण कोरिया लगायत अन्य देशहरुबाट पनि विरोध गरिएको छ ।

वि.सं.२०७९ चैत ७ मंगलवार १४:०८ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...