back
CTIZAN AD

घ्याल्सुम्दोबासीले मनाए अमेरिकामा ग्याल्पो ल्होसार

वि.सं.२०७९ चैत ७ मंगलवार

936 

shares

अमेरिका । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा अमेरिकामा ल्होसार मनाइएको छ ।

यहि मार्च ११ का दिन यसवर्षको ग्याल्पो ल्होसार भब्यताका साथ सम्पन्न गरिएको हो ।

सन् १९९९ देखि संस्थागत रुपमा क्रियाशील घ्याल्सुम्दो सेवा संस्था नेपालको मनाङ जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायहरु हुन् ।

विशेष दुई गाँउपालिका ‘चामे’ र ‘नासाँे’ क्षेत्रमा बसोबास गर्ने जनसमुदायहरुलाई घ्याल्सुम्दोबासी भनेर चिनिन्छ । स्थानिय भाषामा ‘घ्यालम्’ भनेको ठुलो बाटो र ‘सुम्दो’ भनेको तीन तिरबाट जोडिएको र समग्रमा तीन तिरबाट जोडिएको ठूलो बाटो भनेर बुझिन्छ ।

त्यस क्षेत्रका अधिकांस बासिन्दा बौद्ध धर्मालम्बीहरु भएकाले ल्होसार पर्वको ठूलो महत्व रहेको छ । हरेकवर्ष हर्षोल्लाहका साथ मनाईने ल्होसार यसपटक पनि गतवर्ष (बाघ वर्ष) लाई विदाई र नयाँ वर्ष (खरायो वर्ग) को आगमनलाई सुसज्ज्ति कार्यव्रmममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुका साथ मनाएका हुन् ।

संस्थाका अध्यक्ष निमा छिरिङ घलेले कार्यव्रmमको सभापतित्व गरेका थिए भने नेपाली बाणिज्यदूत गणेश प्रसाद अधिकारीले प्रमुख आतित्थता ग्रहण गरेका थिए । यसैगरी स्थानियतहका निर्वाचित पदाधिकारीहरुको पनि सहभागिता रहेको उक्त कार्यव्रmममा न्यूयोर्क राज्यका सांसद स्टिभन रागा र काउन्सिल मेम्बर जुली वनका प्रतिनिधिहरु, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, गैरआवासिय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पा, कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स्पेयर एसोसियसनका अध्यक्ष नवराज केसी, एनिमल भिलेज हस्पीटलका प्रमुख डा. डेनिस्सेराभोलो र संस्थाका धर्मगुरु लामा तेन्जीङहरुले विशेष आतिथ्यता ग्रहण गरेका थिए ।

त्यस्तै कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधिहरु र पत्रकारहरुको पनि सहभागिता रहेको सो कार्यव्रmम दुई चरणमा सम्पन्न भएको थियो ।

कार्यक्रमको पहिलो चरणमा औपचारिक परिचय र शुभकामना मन्तब्यको रहेको थियो जसलाई सस्ंथाका महासचिव राजु लामाले संचालन गरेका थिए । धेरै लामो समयदेखि विभिन्न क्षेत्रमा जिम्मेवारी लिदै संस्थालाई योगदान दिदै आएका सस्ंथाका संयोजकहरु छिरिङ लामा, राजु गुरुङ र चित्र कुमारी गुरुङलाई व्रmमस ‘सेभ द कल्चर’, ‘खेलकुद’ र ‘महिला तथा आमा समुह’ संयोजकको रुपमा विशेष योगदान दिएवापत सम्मानित भएका थिए ।

दोस्रो चरणमा साँस्कृतिक कार्यव्रmमको रहेको थियो । स्थानिय कलाकारहरुको प्रस्तुती रहेको साँस्कृतिक कार्यव्रmम उपस्थित दर्शकहरुले प्रसंसनिय भएको बताए । नेपालका वरिष्ठ नृत्य निर्देशक गोविन्द राईद्वारा नृत्य निर्देशित प्रस्तुतीलाई दर्शकहरुले खुब मन पराउनुका साथै पुन ः प्रस्तुतीको माग समेत गरेका थिए ।

त्यस्तै अर्की प्रतिभाशाली युवा नृत्य निर्देशिका गौरी लामाले पनि साना बालबालिकाहरुको प्रसन्सनीय नृत्य प्रस्तुती गरेका थिए । करिब तीन सय दर्शकहरुको सहभागिता रहेको उक्त कार्यक्रम भब्य र सभ्य रहेको र संस्थाले आयोजना गरेको कार्यव्रmमहरु मध्ये उत्कृष्ट रहेको दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।

 

वि.सं.२०७९ चैत ७ मंगलवार १४:२३ मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...