Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

नाटोको पक्षमा उभियो पाकिस्तान, युक्रेनलाई सहयोग गर्न ट्याङ्क पठाउने



काठमाडौं । आर्थिक संकटमा गुज्रिरहेको पाकिस्तानले वैदेशिक ऋण लिएरै भएपनि पश्चिमी मुलुकलाई खुसी पार्ने प्रयास गरेको छ । एक वर्षअघिसम्म रुस–युक्रेन युद्धमा रुसको साथमा उभिएको पाकिस्तानले अचानक आफ्नो पक्ष परिवर्तन गर्दै यस्तो निर्णय लिएको हो। लागि उसले युक्रेनलाई युद्धका लागि ट्याङ्क दिने भएको छ ।

मिडिया रिपोर्टका अनुसार पाकिस्तानले युक्रेनमा ४४ मेन ब्याटल ट्याङ्क पठाउन सक्ने बताइएको छ । विशेष कुरा के छ भने पाकिस्तानले यी ट्याङ्कहरू सन् १९८० को दशकमा युक्रेनबाट किनेको थियो ।

पाकिस्तानले किन फेर्‍यो नीति ?

वास्तवमा पाकिस्तानको आर्थिक अवस्था निकै खराब छ । मुद्रास्फीतिले आम नागरिकलाई मर्कामा पारेको छ । यस्तो अवस्थामा पाकिस्तानलाई तेल र अन्य अत्यावश्यक वस्तु आयात गर्न पनि कठिनाइ भइरहेको छ । सुरुमा पाकिस्तानले चीन, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स जस्ता इस्लामिक देशहरूको अगाडि हात बढायो। तर खासै केही सहयोग भएन ।

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफले पनि पाकिस्तानका अगाडि धेरै कडा शर्त राखेको छ । यस्तो अवस्थामा पाकिस्तान दिनप्रतिदिन आर्थिक संकटबाट गुज्रेको छ ।

यस्तो अवस्थामा पश्चिमी मुलुकको सहयोग लिन पाकिस्तानले यस्तो नीति फेरेको हो । पाकिस्तानी सेनासँग दुई हजार ४ सय ट्याङ्कहरू छन्।

युक्रेनसँग पाकिस्तानको सम्बन्ध निकै बलियो रहेको छ । दुई देशबीच सैन्य र औद्योगिक सम्बन्ध छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको