back
CTIZAN AD

नाटोको पक्षमा उभियो पाकिस्तान, युक्रेनलाई सहयोग गर्न ट्याङ्क पठाउने

वि.सं.२०७९ चैत ७ मंगलवार

678 

shares

काठमाडौं । आर्थिक संकटमा गुज्रिरहेको पाकिस्तानले वैदेशिक ऋण लिएरै भएपनि पश्चिमी मुलुकलाई खुसी पार्ने प्रयास गरेको छ । एक वर्षअघिसम्म रुस–युक्रेन युद्धमा रुसको साथमा उभिएको पाकिस्तानले अचानक आफ्नो पक्ष परिवर्तन गर्दै यस्तो निर्णय लिएको हो। लागि उसले युक्रेनलाई युद्धका लागि ट्याङ्क दिने भएको छ ।

मिडिया रिपोर्टका अनुसार पाकिस्तानले युक्रेनमा ४४ मेन ब्याटल ट्याङ्क पठाउन सक्ने बताइएको छ । विशेष कुरा के छ भने पाकिस्तानले यी ट्याङ्कहरू सन् १९८० को दशकमा युक्रेनबाट किनेको थियो ।

पाकिस्तानले किन फेर्‍यो नीति ?

वास्तवमा पाकिस्तानको आर्थिक अवस्था निकै खराब छ । मुद्रास्फीतिले आम नागरिकलाई मर्कामा पारेको छ । यस्तो अवस्थामा पाकिस्तानलाई तेल र अन्य अत्यावश्यक वस्तु आयात गर्न पनि कठिनाइ भइरहेको छ । सुरुमा पाकिस्तानले चीन, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स जस्ता इस्लामिक देशहरूको अगाडि हात बढायो। तर खासै केही सहयोग भएन ।

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफले पनि पाकिस्तानका अगाडि धेरै कडा शर्त राखेको छ । यस्तो अवस्थामा पाकिस्तान दिनप्रतिदिन आर्थिक संकटबाट गुज्रेको छ ।

यस्तो अवस्थामा पश्चिमी मुलुकको सहयोग लिन पाकिस्तानले यस्तो नीति फेरेको हो । पाकिस्तानी सेनासँग दुई हजार ४ सय ट्याङ्कहरू छन्।

युक्रेनसँग पाकिस्तानको सम्बन्ध निकै बलियो रहेको छ । दुई देशबीच सैन्य र औद्योगिक सम्बन्ध छ।

वि.सं.२०७९ चैत ७ मंगलवार १४:२९ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...