back
CTIZAN AD

दोहोरो अङ्कले ओरालो लाग्यो सेयर बजार

वि.सं.२०७९ चैत ९ बिहीवार

741 

shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ०१ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार दुई सय ७० कित्ता शेयर रु एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री भएका छन् ।

आजको कारोबारमा कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको रु २१ करोड ७४ लाख ६४ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको रु आठ करोड ३५ लाख ७१ हजार नौ सय ३३, हिमालयन डिस्टिलरीको रु चार करोड ४५ लाख ६३ हजार चार सय ७७, नबिल बैंकको रु तीन करोड ८४ लाख ६९ हजार दुई सय ३८ र शिवम् सिमेन्टको रु तीन करोड ७१ लाख ३९ हजार छ सय ३२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एशिएन हाइड्रोपावर नौ दशमलब ९७, सिद्धार्थ बैंक आठ दशमलब ३४, बोटलर्स नेपाल तराई, पाँच दशमलब २१ र लिवर्टी इनर्जीकोे चार दशमलब २६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, युनिक नेपाल लघुवित्त सात दशमलब ४६, सिर्जनशिल लघुवित्त छ दशमलब ८३, खप्तड लघुवित्त छ दशमलब शून्य दुई, शुभम पावर पाँच दशमलब ७४ र एनआइसी एशिया बैंकको शेयर मूल्य पाँच दशमलब १२ प्रतिशतले घटेको छ ।

 

वि.सं.२०७९ चैत ९ बिहीवार १६:२७ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...