
काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा भने प्रतितोला ८०० ले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आजको बजारमा तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको महासंघद्वारा जारी मूल्य विवरणमा उल्लेखछ ।