
काठमाडौं । स्वाभिमान लघुवित्तले शेयर धनीका लागि २० प्रतिशत बोनस सेयर पारित गरेको छ ।
लघुवित्तको शनिबार रुपन्देहीमा सम्पन्न छैठौ बार्षिक साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तिय संस्थाको चुक्त पुँजीको १२१,७८२,१५० (बाह्र करोड १७ लाख बयासी हजार एकसय पचास) को २१।०५२५ (२० प्रतिशत बोनश तथा कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद) प्रस्ताव पारित गरेको हो ।
संचालक समितिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्षद्वाराप्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै सोहि साधारणसभाले सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गरी रिक्त संचालक पदमा अभिषेक श्रेष्ठलाई मनोनित गरेको संचालक समितिको निर्णयलाई सभाले मनुमोदन गरेको छ ।
तिलोत्तमा ५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको हाल सात जिल्लामा ३६ वटा शाखा कार्यालयहरुमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले २०७९ पुष मसान्तसम्म संस्थामा २९ हजार ३५६ जना ग्राहक सदस्यहरु आवद्ध रहेको र १७ हजार ६६९ जना ऋणि रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
संस्थाले यस अवधिसम्म लगानीमा रहेको कर्जा २ अर्ब १० करोड १६ लाख रहेको र ७१ करोड ३४ लाख बचत संकलन गर्न सफल भएको पनि संस्थाले जनाएको छ ।