back
CTIZAN AD

स्वाभिमान लघुवित्तले शेयर धनीलाई २० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०७९ चैत १२ आइतवार

711 

shares

काठमाडौं । स्वाभिमान लघुवित्तले शेयर धनीका लागि २० प्रतिशत बोनस सेयर पारित गरेको छ ।

लघुवित्तको शनिबार रुपन्देहीमा सम्पन्न छैठौ बार्षिक साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तिय संस्थाको चुक्त पुँजीको १२१,७८२,१५० (बाह्र करोड १७ लाख बयासी हजार एकसय पचास) को २१।०५२५ (२० प्रतिशत बोनश तथा कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद) प्रस्ताव पारित गरेको हो ।

संचालक समितिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्षद्वाराप्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै सोहि साधारणसभाले सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गरी रिक्त संचालक पदमा अभिषेक श्रेष्ठलाई मनोनित गरेको संचालक समितिको निर्णयलाई सभाले मनुमोदन गरेको छ ।

तिलोत्तमा ५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको हाल सात जिल्लामा ३६ वटा शाखा कार्यालयहरुमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले २०७९ पुष मसान्तसम्म संस्थामा २९ हजार ३५६ जना ग्राहक सदस्यहरु आवद्ध रहेको र १७ हजार ६६९ जना ऋणि रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

संस्थाले यस अवधिसम्म लगानीमा रहेको कर्जा २ अर्ब १० करोड १६ लाख रहेको र ७१ करोड ३४ लाख बचत संकलन गर्न सफल भएको पनि संस्थाले जनाएको छ ।

 

वि.सं.२०७९ चैत १२ आइतवार १६:०६ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...