back
CTIZAN AD

१० सिटे एसको अस्वभाविक अडान : चार मन्त्री र एक मुख्यमन्त्री चाहिन्छ !

वि.सं.२०७९ चैत १४ मंगलवार

903 

shares

काठमाडौं । संसदमा १० सिट भएको एकीकृत समाजवादी संसदको सातौं दल हो । तर, समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा एकीकृत समाजवादी राष्ट्रिय पार्टी भने होइन । तर, राष्ट्रिय पार्टी नभएपनि एकीकृत समाजवादीको चुरीफुरी सामान्य छैन ।

एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादी अहिलेको सत्ता गठबन्धनमा निकै बलियो पार्टी बनेको छ । संसदीय खेलमा अंकगणितको खेल बलियो हुने हुनाले उसको हैसियत सानो भएपनि महत्व बढी छ ।

१० सिटे एकीकृत समाजवादी सरकार विस्तारको क्रममा मुख्य दलकै हैसियतमा सत्ता साझेदारी गर्ने अडानमा छ । १० सिटे एकीकृत समाजवादीले सरकारमा जान कम्तिमा एक मुख्य मन्त्रालयसहित थप तीन राम्रा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

यसैगरी, केन्द्रमा मात्रै होइन सात प्रदेशमध्ये एउटाको नेतृत्व (मुख्यमन्त्री) पाउनुपर्ने अडान लिएको छ । एकीकृत समाजवादीले मुख्यमन्त्रीसँगै कम्तीमा दुई प्रदेशको प्रमुखमा पनि दाबी गरेको छ ।

सत्ता गठबन्धन बैठकअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्नो अडानबाट पछि नहट्ने पनि निर्णय गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताएअनुसार विकासे, सामाजिक र जनसम्पर्क हुने मन्त्रालय पाउनुपर्नेमा पार्टीको स्पष्ट अडान छ ।

एकीकृत समाजवादीले गृह, अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एउटा अनिवार्य पाउनुपर्ने दाबी अगाडि सारेको उनले बताएका छन् । तीमध्ये एउटा पनि नपाए सहमति गर्ने एकीकृत समाजवादीको स्पष्ट अडान छ ।

कांग्रेसका एक नेताले बताएअनुसार हालसम्म गठबन्धनमा कुरा नमिलेको मुख्य कारण एकीकृत समाजवादीकै अडानले हो । जबसम्म एकीकृत समाजवादीले अस्वभाविक अडान छाड्दैन तबसम्म सहमति गर्न गाह्रो हुने उनले बताए ।

“उहाँहरुको अडान निकै अस्वभाविक छ, उहाँहरुको अडानले अन्य दललाई मनाउने विषयमा पनि समस्या निम्तिएको छ”, उनले भनेका छन्, “जबसम्म उहाँहरुले अस्वभाविक अडान छाड्नुहुन्न, सहमति गर्न गाह्रो छ ।”

वि.सं.२०७९ चैत १४ मंगलवार १७:२१ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...