
ललितपुर । ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमान- श्रीमतीको मृत्यु भएको छ ।
ललितपुरको महांकाल गाउँपालिका–१ बुखेल रातो पहिरोस्थित सडकमा बा.३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक बाग्मती गाउँपालिका–७ घर भई महांकाल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय बिष्णु प्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनकै छोरी ५ वर्षीय सिर्जना फुँयाललाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।