back
CTIZAN AD

उपेन्द्रलाई भ्रष्ट र लुटेराको संज्ञा दिँदै प्रभु शाहले भने– यस्तालाई जिताउनु हुन्न

वि.सं.२०७९ चैत २० सोमवार

840 

shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले बारा–२ मा उपनिर्वाचन लड्न लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कुनैपनि हालतमा जनताले हराउने बताएका छन् । उनले यादवलाई भ्रष्ट एवम् मधेस विरोधीको संज्ञा दिएका छन् ।

बारा–२ को उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार तय गर्न साह यतिवेला बारामा नै छन् । हिजो (आइतबार) बाराको देवतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बारा–२ मा हुने उपनिर्वाचनमा भ्रष्ट र मधेस विरोधीहरुले चुनाव लड्न खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बताएका हुन् ।

उनले उपेन्द्र यादवलाई सप्तरीमा नफलेको फलको संज्ञा दिएका छन् । उनले उपेन्द्र सप्तरीमा फल्न नसकेको फल भएकोले अब बारामा पनि नफल्ने टिप्पणी गरेका थिए ।

उनले भने,‘सप्तरीमा नफलेको अब अब बारामा फल्दैन, सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले कसरी मतदान गर्छ ? छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन । नुन कहिल्यै पनि चिनी हुन सक्दैन् । त्यस्ता भ्रष्ट र जनता विरोधीलाई मतदान गर्नुले केही हुँदैन ।’

वि.सं.२०७९ चैत २० सोमवार १५:५९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...