back
CTIZAN AD

पैयुँ गाउँपालिकाले नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने

वि.सं.२०७९ चैत २० सोमवार

957 

shares

पर्वत । पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइनेछ ।

अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । अङ्ग्रेजी माध्यममा अध्यापन हुने विद्यालय खोजीमा निजी विद्यालयमा आकर्षित भइरहेको अवस्थामा गाउँपालिकाले सामुदायिक विद्यालयमा यो अभ्यास सुरु गर्न लागेको हो ।

“अंग्रेजी माध्यमको सिकाइका लागि भन्दै बजारमा बस्ने र निजी विद्यालयमा सन्तानलाई पढाउने गरेको त देखिएकै छ”, प्रमुख प्रशासकीय अधिकृत लामिछानेले भने, “हाम्रो ध्येय सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, जनअपेक्षा अनुसारको र प्रतिस्पर्धी बनाउने हो । हाम्रो उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।”

गाउँपालिकाले शैक्षिक सुधार योजना अन्तर्गत यसवर्ष अङ्ग्रेजी माध्यमको एउटा नमुना विद्यालय सञ्चालन गर्ने छ । नयाँ वर्षदेखि सबै विद्यालयमा नर्सरीदेखि कक्षा १ मा अनिवार्य रुपमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था मिलाइनेछ भने कुनै एक विद्यालयमा कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट रुपमा पठनपाठन सुरु गर्ने योजना अगाडि सारेको हो ।

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, जनअपेक्षा अनुरुपको, प्रतिस्पर्धी बनाउने उद्देश्यले गाउँपालिकाले सर्वपक्षीय छलफलसमेत गरेको गाउँपालिका अध्यक्ष तोरण मल्लले बताए । गाउँपालिकाभित्र आठ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । नौ कक्षासम्म अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने गरी ती विद्यालयबाट प्रस्तावनाको आह्वान गरिएको छ । इच्छुक विद्यालयबाट प्रस्तावना प्राप्त विद्यालयको भौगोलिक अवस्था, पूर्वाधारको अवस्थाको बारेमा गाउँपालिकाले अध्ययन गर्ने भएको छ ।

 

वि.सं.२०७९ चैत २० सोमवार १६:०२ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...