back
CTIZAN AD

ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदैँ

वि.सं.२०७९ चैत २६ आइतवार

1.1K 

shares

बनियानी । झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो ।

कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको यहाँका किसान बताउँछन् । गौरीगञ्ज गाउँपालिका–२ का भूपेन्द्र थापाले सुमेरु कृषि फर्ममार्फत् आठ बिघामा ड्राइगन फ्रुटको व्यावसायिक खेती गरेका छन् । उनले दुई वर्षअघि खेती सुरु गरेकामा गत वर्षदेखि उत्पादन सुरु भइसकेको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि ड्राइगन फ्रुट खेती थालेको थापाको भनाइ छ । “अघिल्लो वर्ष रू १२ लाखको बेचेँ”, उनले भने, “यो वर्ष पनि फूल फुल्न र चिचिला लाग्न थालेको छ ।”

यस वर्ष रू ३० देखि ४० लाखको ड्राइगन फ्रुटको कारोबार हुने उनकोे अनुमान छ । गतवर्ष झापा र मोरङका विभिन्न बजारमा आफ्नो उत्पादन पुगेको बताउँदै थापाले यस पटक बजारको अवस्था केही असजह भएको सुनाउनु भयो । “महँगो फल हो, बजार पनि असहज छ । यस पटक काठमाडौँसम्म ड्राइगन फ्रुट पु¥याउने सोच छ”, उनले भने । थापाले व्यावसायिक खेतीका लागि कृषि ज्ञान केन्द्र झापाबाट रू सात लाख अनुदानसमेत पाएका थिए । गतवर्ष कार्यालयमार्फत् पिलर र थोपा सिँचाइका लागि उक्त रकम अनुदान पाएको उनले बताए ।

अर्जुनधारा–११ का कृष्ण गौतमले श्री एग्रिकल्चर नर्सरी स्थापना गरी आठ कठ्ठामा एक हजार ६६ ड्राइगन फ्रुटको बिरुवा लगाउनुभएको छ । “झण्डै २० वटा विभिन्न फर्म घुमेर ड्राइगन फ्रुट खेती स्ुरु गरेको हुँ”, उनले भने, “खेती गर्न सजिलो छ, उत्पादनको मूल्य पनि राम्रो छ ।” धेरै हेरचार गर्नु नपर्ने, पानी मल धेरै नचाहिने र बजार मूल्य पनि राम्रो भएका खेती सुरु गरेको उनले बताए । ढुवानीसहित रू दुई सय ५० को दरले धरानबाट ‘रोज पिटया’ नामक ड्राइगन फ्रुट बिरुवा किनेर खेती थालेको उनकोे भनाइ थियो । “सुरुमा बीउ किनेर ल्याएर बिरुवा उत्पादन गरे पनि राम्रो फल नलाग्ने भएपछि बिरुवा नै किनेर लगाएको छु”, उनले भने ।

ड्राइगन फ्रुट एक पटक लगाएपछि सोहीबाट अरु बिरुवा उत्पादन गर्न सकिने गौतमले बताए । एउटा पिलरमा चार वटा बिरुवा लगाउन सकिने र सोबाट ५ देखि ४० केजीसम्म ड्राइगन फ्रुट फल्ने उनकोे भनाइ छ ।

जिल्लामा छिटफुट रूपमा सुरु भएको ड्राइगन फ्रुट यतिबेला करिब ५० बिघा क्षेत्रफलमा फैलिइसकेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । “एकै जनाले आठ बिघासम्म खेती गरिररहेका छन”, उनलृ भने, “झापामा पछिल्लो समय ड्राइगन फ्रुट खे
ती फस्टाउँदो छ ।”
झापाको गौरीगञ्ज, मेचीनगर, दमक, बाह्रदशी, भद्रपुर, अर्जुनधारालगायत स्थानमा किसानले ड्राइगन फ्रुटको व्यावसायिक खेती गरिरहेका छन् । पानीमा नडुब्ने डोमट माटोमा यसको खेती राम्रो हुने प्रमुख विष्टले बताए । मल र सिँचाइ राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन सुरु हुने र वर्षौंसम्म फल्छ । ड्राइगन फ्रुटको सिजन चैतदेखि असोजसम्म मानिन्छ । चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ । कृषि ज्ञान केन्द्र झापाले ड्राइगन फ्रुट खेती प्रवद्र्धनका लागि सिँचाइ र पिलरका लागि अनुदान दिइरहेको छ ।

वि.सं.२०७९ चैत २६ आइतवार १६:५७ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...