काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण मागेको छ ।
पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै ढकाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको भन्दै श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण मागेको हो ।
‘सांसद डा. ढाका कुमार श्रेष्ठको सन्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानविन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।’
त्यस्तै छानविन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न र नगराउन समेत निर्देशन दिइएको उक्त विज्ञप्तिमा उल्लेखछ ।
‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
दुर्गा प्रसाईंसँग घुस माग्ने रास्वपा सांसद ढाकाकुमार निलम्बित
यस्ताे छ दुर्गा प्रसाईंसँग रास्वपा सांसद ढाकाकुमारले गरेकाे घुस डिल
वि.सं.२०७९ चैत २६ आइतवार १६:५५ मा प्रकाशित






























