काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वाले कारबाही गरेकाे हाे ।
रास्वपाले श्रेष्ठलाई सांसदसँगै पार्टी जिम्मेवारीबाट पनि कारबाही गरेकाे छ ।
कपुरबोट टीभी’ले सार्वजनिक गरेको अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ दिन भनेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।
प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।
वि.सं.२०७९ चैत २६ आइतवार १४:४६ मा प्रकाशित





























