back
CTIZAN AD

विद्युत् बक्यौता नर्तिने हेटौडाका पाँचसय उद्योगलाई कालो सूचीमा राख्ने तयारी

वि.सं.२०७९ चैत २६ आइतवार

2K 

shares

बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ ।

लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ । केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने पाँच सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप रु ७९ हजार दुई सय ४१ सङ्कलन भएको बताइएको छ । चालु आवकोे हालसम्म रु पाँच हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने नौ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए ।

कारबाहीमा परेपछि छ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट रु दुई करोड ५३ लाख ९५ हजार महसुल सङ्कलन भएको जनाइएको छ । हेटौँडामा ७२ हजार ६ सय ९४ग्राहक रहेकामा वितरण केन्द्रले मासिक रु १९ करोड १७ लाख ८८ हजार मूल्य बराबरको विद्युत् विक्री गर्दे आएको र रु १८ करोड छ लाख १२ हजार महसुलबापत राजस्व सङ्कलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टरनेट कम्पनीले रु ५३ लाख पचास हजार राजस्वसमेत बुझाएको बताइएको छ ।

यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटाँैडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले बताए ।

सो कार्यका लागि रु १८ करोडभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।

file photo

 

वि.सं.२०७९ चैत २६ आइतवार १४:५२ मा प्रकाशित

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई...

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री...

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...