काठमाडौं । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । केही दिनयता बढेको कोरोना संक्रमणका कारण आज एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा आज २४३६ नमुना परीक्षण गर्दा १०६ जना नयाँ संक्रमित थपिनुका साथै १ जनाको मृत्यु भएको हो ।
त्यस्तै आज थपिएका १०६ जनासहित नेपालमा हाल कोरोनाका ४६९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी आज उपचाररत संक्रमितमध्ये ४८ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार हाल उपत्यकाका आइसीयुमा १३ जना र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
वि.सं.२०७९ चैत २८ मंगलवार १६:४६ मा प्रकाशित






























