काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाईं एवम् कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री जीवन आचार्यले आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा आचार्यले आफ्नो सम्पत्ति करोडौंमा देखाएका छन् ।
उनले पेस गरेको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार ललितपुर र विराटगरमा उनका दुई/दुई तलाका दुई वटा घर छन् । घर भएको ललिपुरको सुनाकोठीमा १० आना २ पैसा जग्गा छ । यस्तै, विराटनगरमा १५ धुर जग्गा छ । जसलाई उनले पैतृक सम्पत्ति भएको बताएका छन् ।
यस्तै, उनको नाममा मोरङको हात्तीमुडा ४ र हात्तीमुडा २ मा गरी कुल ६ हजार ६०८ वर्गमिटर जग्गा छ ।
आचार्यले आफूसँग २० तोला सुन र ५० तोला चाँदी भएको बताएका छन् । यस्तै, उनले विभिन्न बैंकमा ४५ लाख बढीको बैंक ब्यालेन्स रहेको पनि सम्पत्ति विवरणमा पेस गरेका छन् ।
आचार्यको सम्पत्ति विवरणमा एनस्याट प्रालि काठमाडौंमा ३३ प्रतिशत सेयर, जेएमडी ग्रुप अफ कम्पनी, काठमाडौंमा ५० प्रतिशत सेयर रहेको खुलाएका छन् ।
आचार्यले प्रभू बैंकलाई तिर्न पाँच लाख र सुनसरीका ओम थापासँग ८० लाख ऋण लिएको विवरण पेस गरेका छन् ।
पेस गरिएको सम्पत्ति विवरणअनुसार आचार्यसँग ४१ लाखमा किनेको हुन्डाई क्रेटा कार छ ।

वि.सं.२०७९ चैत २८ मंगलवार १७:४६ मा प्रकाशित






























