back
CTIZAN AD

मेयर शाहको अभिव्यक्ति नीतिगत व्यवस्था विपरीत रहेको मन्त्रिपरिषद् बैठकको निष्कर्ष

वि.सं.२०७९ चैत २८ मंगलवार

822 

shares

काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको बैठकले काठमाडौँ महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ ।

सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो ।

“काठमाडौँ महानागरपालिकाको फोहर स्थानीय तहले उठाउने कानूनी व्यवस्था छ, नीतिगत रूपमा भएको व्यवस्थाअनुसार काम गर्नुपर्छ”, बैठकपछि पत्रकारलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् “उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक बैठकमा छलफल भएको छ ।”

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले उक्त स्थानको फोहर नउठाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए । बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्त गर्ने निर्णय गरेकोसमेत मन्त्री शर्माले जानकारी दिइन् ।

वि.सं.२०७९ चैत २८ मंगलवार २०:३७ मा प्रकाशित

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...