back
CTIZAN AD

भारतबाट नयाँ वर्ष मनाउन घर फर्किरहेका तीन नेपाली बाटैमा लुटिए

वि.सं.२०७९ चैत २८ मंगलवार

816 

shares

बेदकोट । भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन् । उत्तराखण्डको हल्द्धानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए ।

भारतमा लुटपाटमा परेर गड्डाचौकी नाकामा बेखर्ची पुगेका सुर्खेत र जाजरकोटका ती नागरिकको इलाका प्रहरी कार्यालय गड्डाचौकीले उद्धार गरेको छ । “भारतमा लुटिएर बेहोस अवस्थामा नाकामा पुगेका तीन नेपालीको उद्धार गरेर उपचारका लागि महाकाली अस्पताल पु¥याएका थियौँ”, ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बुडालले भने, “चार जनामध्ये एक निदाएका थिए, जुसमा नशालु पदार्थ सेवन गराएर भारतीय महिलाले सँगै रहेका अन्य तीन जनालाई लुटपाट गरेका छन् ।”

सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ बाउनीचोरका ६० वर्षीय मिलन राजी, जाजरकोटको भेरी नगरपालिका–४ का ५७ वर्षीय लालबहादुर नेपाली र सोही ठाउँका ५५ वर्षीय केशर वली परेका छन् । उहाँहरुका साथमा रहेको रु ४५ हजार भारु रुपैयाँ र तीन मोबाइल लुटिएको हो ।

उनीसँगै बसमा स्वदेश फर्किरहेका सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ बाउनीचोरका ५२ वर्षीय ताराबहादुर मगर निदाएकाले लुटपाटबाट जोगिएका छन् । “महिलाले दिएको जुस सेवन गरेपछि आफूहरू बेहोस भएको र त्यसपछि केही थाहा नभएको लुटिएकाले भनेका छन्, बसमा सँगै रहेका मगरले त्यहाँबाट नाकासम्म ल्याएका थिए”, प्रहरी नायब निरीक्षक बुडालले भने, “अस्पतालमा उपचारपछि अहिले उहाँहरू होसमा आउनुभएको छ ।”

भारतको उत्तराखण्डस्थित गढवालमा उनीहरू मजदुरी काम गर्थे । नयाँ वर्ष मनाउन खर्च जोहो गरेर स्वदेश फर्किँदा लुटपाटमा परेपछि बेखर्ची बनेका छन् । महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरले बससँग समन्वय गरेर गन्तव्यसम्म पठाएको छ । रासस

 

वि.सं.२०७९ चैत २८ मंगलवार २०:४६ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...