back
CTIZAN AD

फिलिपिन्स र अमेरिकाले गरे संयुक्त सैन्य अभ्यास, दर्जनौ देश पर्यवेक्षकका रुपमा सहभागी

वि.सं.२०७९ चैत २८ मंगलवार

747 

shares

मनिला । कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले बृहत् संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशक यताकै सबैभन्दा बृहत् हो ।

संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने उक्त अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका तथा १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेको फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अष्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत दर्जनौँ देशले पर्यवेक्षकका रूपमा भाग लिएका छन् ।

‘बालिकाटन २०२३’ उत्तरी लुजोन टापु, पलावान प्रान्त, बाटानेस टापु र जाम्बाालेस प्रान्तलगायत धेरै स्थानमा आयोजना हुनेछ । उक्त अभ्यास सामुद्रिक सुरक्षा, ‘साइबर डिफेन्स’, प्रतिआतङ्कवाद, मानवीय सहायता, प्रकोप व्यवस्थापन तथा उद्धारमा केन्द्रित हुनेछ । अभ्यासका क्रममा फिलिपिन्स र अमेरिकी सेनाले हाइ मोबिलिटी आर्टिलरी रकेट सिस्टमसहित अत्याधुनिक हतियार प्रणालीलाई पनि सक्रिय पार्नेछन् ।

यसैबीच, लिगअफ फिलिपिनो स्टुडेन्ट्सले उक्त अभ्यासको विरोध गरेको छ । सैन्य अभ्यास औपचारिक रूपमा प्रारम्भ हुनु केहीबेर अघि उक्त सङ्गठनका सदस्यले विरोधप्रदर्शन गरेका थिए । विरोधका क्रममा उनीहरूले फिलिपिन्स सरकारलाई अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्न माग पनि गरेका थिए ।

प्रदर्शनकारी सैन्य अभ्यासको निन्दा गरिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । साथै उनीहरूले फिलिपिन्सका नागरिकहरूलाई उक्त अभ्यासको विरोध गर्न आह्वान पनि गरेका थिए । केही प्रदर्शनकारीले यहाँस्थित अमेरिकी राजदूताबास बाहिर रहेको अमेरिकाको प्रतीक चिह्नमा रङले भरिएका औजारबाट प्रहार गरी प्रतीक चिह्नलाई विकृत पारेका थिए । अभ्यासको औपचारिक कार्यक्रम भइरहेका बेला सैनिक मुख्यालय र अन्य सैनिक क्याम्पका गेटमा अर्काथरि प्रदर्शनकारीले अभ्यासको विरोध गरेका थिए ।

यहाँस्थित विद्वत् वर्गको समूह एसियन सेन्चुरी फिलिपिन्स स्ट्राटेजिक स्टडीज इन्स्टिच्युटका उपाध्यक्ष अन्ना मालिन्डोग उयले वालिकाटन अभ्यासबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) क्षेत्र र विशाल एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता सृजना गर्ने टिप्पणी गरेका छन् । उनले अमेरिकालाई हतियारमा खर्च गर्नुको सट्टा यस क्षेत्रका देशलाई आर्थिक सहयोग गर्न सुझाएका छन् । (रासस/सिन्ह्वा)

photo-REUTERS/Eloisa Lopez

वि.सं.२०७९ चैत २८ मंगलवार २०:५९ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...